Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

इबोला नियन्त्रण गर्न युगाण्डा र छिमेकी देशहरुलाई आर्थिक अभाव 

इबोला नियन्त्रण गर्न युगाण्डा र छिमेकी देशहरुलाई आर्थिक अभाव 

images

इच्छाकामना न्युज

१८, कार्तिक २०७९
इबोला नियन्त्रण गर्न युगाण्डा र छिमेकी देशहरुलाई आर्थिक अभाव 
images

युगाण्डा । इबोलाका विरुद्धमा सङ्घर्ष गर्नका लागि आर्थिक अभाब रहेको युगाण्डाको सरकारले जनाएको छ । युगाण्डाको सरकारले हाल त्यहाँ फैलिएको इबोलाको प्रकोपको नियन्त्रण गर्न र यसकाविरुद्ध लड्न कम्तीमा पनि २० मिलियन अमेरिकी डलर आवश्यक रहेको जनाएको छ ।

युगाण्डका स्वास्थ्य मन्त्री मार्गरेट मुहांगाले संसदमा बोल्दै इबोलाको प्रकोपका विरुद्धमा लड्न सो आर्थिक सहयोगको आवश्यकता रहेको बताउनुभएको छ । उहाँले इबोलाको प्रकोपका विरुद्धमा लड्नइबोलाको औषधि उपचारका लागि अन्य स्वास्थ्य संरचनाहरू निर्माण गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

हालैमात्र विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आधनाम ग्याब्रेसियसले पनि युगाण्डा र यसका छिमेकी देशहरूमा इबोलाको प्रकोप बढिरहेकाले यसको रोकथाम तथा नियन्त्रणका लागि रकम आवश्यक रहेको बताउनुभएको थियो ।

यसअघि युगाण्डको सरकारले पनि देशको ठूलो मात्राको बजेट इबोला नियन्त्रणका लागि खर्च भइसकेको तर अझै महामारी नरोकिएकाले ठूलो रकम आवश्यक रहेकाले सहयोगका लागि विश्व समुदायसँग आग्रह पनि गरेको थियो । 

images
प्रकाशित मिति :कार्तिक १८, २०७९ शुक्रवार - १८:५४:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology