आँबुखैरेनी । तनहुँको आँबुखैरेनीमा आयोजना भएको प्रथम अध्यक्ष कप फुटसल प्रतियोगिताको उपाधी चितवनको कोभिड १९ क्लवले जितेको छ । फाइनलमा टिजिओ क्लबलाई ० का विरुद्ध ५ गोल गर्दै चितवनको कोभिड १९ क्लबले उपाधी जितेको हो।
उपाधी जितसँगै क्लवले नगद ८० हजार सहित ट्रफि र मेडल हात पारेको क्लवका अध्यक्ष बिक्रम गुरुङले जानकारी दिएको छ ।
यसैगरी, प्रतियोगितामा उपविजेता बनेको टिजिओ क्लबले नगद ४० हजार ट्रफि र मेडल प्राप्त गरेको छ ।
प्रतियोगितामा बिजेता र उपबिजेता क्लबलाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद शर्मा, वडा नं. ३ का वडाध्यक्ष दिनेश के.सी.ले पुरस्कार वितरण गरेको थियो ।
दुई दिन सम्म संचालन भएको प्रतियोगितामा १४ टिमको सहभागिता रहेको थियो ।