Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

चितवन विशेष

यी हुन् पूर्व सांसद कृष्णभक्त पोखरेलको पहलमा निर्माण भएको चितवन २ का सडक योजनाहरु (हेर्नुस्)

यी हुन् पूर्व सांसद कृष्णभक्त पोखरेलको पहलमा निर्माण भएको चितवन २ का सडक योजनाहरु (हेर्नुस्)

images

इच्छाकामना न्युज

१७, कार्तिक २०७९
यी हुन् पूर्व सांसद कृष्णभक्त पोखरेलको पहलमा निर्माण भएको चितवन २ का सडक योजनाहरु (हेर्नुस्)
images

चितवन । चितवनको निर्वाचन क्षेत्र नं. २ मा एमालेका उमेदवार कृष्णभक्त पोखरेल सांसद हुदा दर्जनौ सडक निर्माणका लागि बजेट पार्नु भएको छ ।

संविधान सभा सदस्य र प्रतिनिधि सभा सदस्य निर्वाचित भएपछि जिल्लाको पहाडी क्षेत्र र सहरी स्थानमा सडक निर्माणका लागि करोडौ रुपियाँ बजेट आएको हो । करिव २ सय कानुन निर्माणमा भूमिका खेलेका पोखरेलको पहलमा सडक निर्माणमा समेत बजेट पार्न सपल हुनु भएको छ ।

शक्तिखोर–फिस्लिङ सडक
कालिका नगरपालिकाको शक्तिखोरबाट उपरदाङगढी हुदै इच्छाकामनाको फिस्लिङसम्म छिचोल्ने सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यो सडकको लागि ७८ करोड रुपैयाँको लगानीमा निर्माण कार्य भइराखेको छ । यो सडक निर्माणपछि विकट पहाडी वस्तीका लागि बरदान सावित हुनेछ ।

भोर्ले–दाहाखानी सडक
मुग्लिन नारायणगढ सडक खण्डको भोर्लेदेखि पहाडी क्षेत्र हुदै जिल्लाको पुरानो सदरमुकाम उपरदाङगढीसम्म जोड्ने सडक २५ करोड रुपियाँको लागितमा निर्माण कार्य भइराखेको छ । पहाडी जीवनलाई सहज बनाउने उद्देश्यले भोर्ले– दाहाखानी–उपरदाङगढी सडकलाई साँसदले रोज्न पाउने रणनीतिक सडकको रुपमा राखी बहुवर्षिय ठेक्का प्रक्रियामा निर्माण कार्य थालनी भएको हो ।

विशालचोक–गाईखर्क सडक
भरतपुर महानगरपालिका वडा नं। ११ स्थित विशालचोक–गाईखर्क ढल सहितको सडक ५ करोड रुपियाँको लागतमा निर्माण सम्पन्न भएको छ । पूर्वी चितवनको कालिका नगरपालिका जोड्ने यो सडक महत्वपूर्ण मार्गको रुपमा रहेको छ ।

जलवीरे–ढुङ्ग्रे सडक
साविक चण्डीभञ्ज्याङ गाउँपालिकामा पर्ने यो सडक निर्माण गरिएको छ । पैदल मार्गबाट मात्र हिड्दै आएका स्थानीयलाई २० किलोमिटर सडक निर्माण पछि स्थानीयले राहतको महसुस गरेका छन् । सांसद पोखरेलले संघीय सरकारको बजेट र संघीय साँसदको

सिन्ति खोला पुल
एक करोड ५० लाखको लागतमा कालिका नगरपालिकाको सिन्ती खोला पुल निर्माण सम्पन्न भएको छ । यो पुल निर्माणमा सांसद पोखरेलले भूमिका खेलेका थिए । त्यस्तै गरी गैरीबारी–उपरदाङगढी सडक करिब ३ करोड रुपैयाँको लगानीमा निर्माण कार्य सम्पन्न भएको छ । भरतपुर– ११को बसेनी–लामाटोल सडक ३ करोड रुपैयाँको लगानीमा निर्माण सम्पन्न भएको छ ।

भरतपुर– २९ स्थित जुगेडी–देवीटार सडक १ करोड, भरतपुर– ५ धिताल चोकबाट साईबाबा मन्दिर जाने बाटो ५० लाख रुपैयाँ, २५ लाख रुपैयाँको लगानीमा शान्तिचोकबाट दुर्गा मन्दिर जाने बाटोको ढल निर्माण, मुक्तिनगरको हिमालीपथ देवी प्रसाद मार्ग ७५ लाख रुपैयाँको लगानीमा निर्माण सम्पन्न भएको छ ।

कालिका नगरपालिका वडा नम्वर २ र ३ को सीमाना बाटो करिब ३ करोड रुपैयाँको लगानीमा निर्माण सम्पन्न भएको छ । 

भरतपुर– १० ढुङ्गानाचोकबाट सप्तगण्डकी चोकसम्मको ढलसहितको बाटोमा एक करोड ५० लाख रुपियाँमा निर्माण सम्पन्न भएको छ । भरतपुर– २ आदर्शनगर टोलमा केन्द्रीय सरकारको ३ करोड रुपैयाँ बजेटमा नालासहित सडक निर्माणको काम भइरहेको छ । भरतपुर– ५ र ६ को सीमा बाटो डेढ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको छ । यो सहित साना टुक्रे योजनाहरुमा पनि विकास निर्माणका कार्यक्रमहरु भएका छन ।

images
प्रकाशित मिति :कार्तिक १७, २०७९ बिहिवार - २०:४९:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology