इथियोपियामा दुई वर्षको द्वन्द्व रोक्न दुवै पक्ष सहमत भएका छन् । इथियोपिया सरकार र टिग्रे सेना बीच युद्ध रोक्न सम्झौता भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । अफ्रिकी युनियनले सम्झौतालाई नयाँ बिहानी भन्दै स्वागत गरेको समाचार संस्था एएफपीले जनाएको छ।
सम्झौता भएसँगै खाद्यान्न सङ्कट खेपिरहेको इथियोपियामा सहायता वितरण पुनः सुरु गर्न दिनुपर्नेछ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार उत्तरी टिग्रे क्षेत्रका करिब ९० प्रतिशत नागरिकलाई खाद्यान्न सहयोगको आवश्यकता छ।यस क्षेत्रका करिब एक तिहाइ बालबालिका कुपोषणबाट ग्रस्त छन् ।