Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

आँबुखैरेनी विशेष

आँबुखैरेनीको आँधिमुलमा भव्य रुपमा एकादशी मेला लाग्ने

आँबुखैरेनीको आँधिमुलमा भव्य रुपमा एकादशी मेला लाग्ने

images

पत्रपत्रिका

१६, कार्तिक २०७९
आँबुखैरेनीको आँधिमुलमा भव्य रुपमा एकादशी मेला लाग्ने
images

डिपी अधिकारी, आँबुखैरेनी । कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशी एवं तुलसी विवाह पर्वको दिनमा तनहुँको आँधिमूलमा मेला लाग्ने भएको छ। ठूलो एकादशी पर्व भनेर समेत मानिँदै आएको हरिबोधनी एकादशी यस वर्ष आगामी कार्तिक १८ गते शुक्रबार परेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. १ को याञ्चोक र भुजेलगाउँको बीच भागमा रहेको ऐतिहासिक एवं धार्मिक स्थल आँधिमूल अर्थात आँधिबराही मन्दिरमा मेलाको तयारी गरिएको छ । 

विगतका वर्षहरुमा कोरोनाका कारण भक्तजनहरुको कम उपस्थिति रहेकोमा यस वर्ष भने भक्तजनको भिड बढ्ने अनुमान गरिएको मन्दिर संरक्षण तथा ब्यवस्थापन समितिका अध्यक्ष रमेश थापाले बताए । मेलाको तयारी स्वरुप मन्दिर परिसरको सरसफाई, बजार ब्यवस्थापन, सजावट लगाएतको काम तिब्र गतिमा भईरहेको समितिका सचिव कुमार पोख्रेलले बताए। 

मेलामा आउने दर्शनार्थीको ठूला सवारी साधनलाई सत्रसयबाट आउनेका लागि याञ्चोक तर्फको पार्किङमा, मोटरसाईकललाई मन्दिरको उत्तरपूर्व तर्फ र याम्पाफाँटदेखि आउनेका लागि मन्दिर नजिकै पश्चिम तर्फ पार्किङको ब्यवस्था गरिने, पूजाका लागि आउने भक्तजनका लागि बिहानैदेखि मन्दिर प्रवेशमा लाईनबद्ध गर्ने तयारी गरिएको छ । 

मनले चिताएको पूरा गर्ने देवीको रुपमा मानिँदै आएको आँधिबराही देवीको मन्दिरमा उक्त दिनमा विभिन्न स्थानबाट बाजागाजा सहित ब्यक्तिगत र सामुहिक गरी १५/२० वटा फूलको डोरी र हजारौं दर्शनार्थी मन्दिर पुग्ने गरेका मन्दिरका पुजारी युवराज मास्की मगरले बताए । मन्दिरमा हरिबोधनी एकादशी र नयाँ वर्षमा विशेष चहल पहल हुने गर्छ । श्रावण महिना र औंशी बाहेकमा पूजा लाग्ने पुजारी मगरले जानकारी दिए । 

यसैबीच मेलाको भोलीपल्ट बिहान मन्दिर र वरपर हुने फोहर ब्यवस्थापनका लागि स्थानीय जनप्रतिनिधि, मन्दिर संरक्षण एवं ब्यवस्थापन समिति, र स्थानीयसँगै भानु–१ भन्सारमा रहेको नेपाली सेनाको रुरु भैरवदल गणले सरसफाइ कार्यक्रमको आयोजना गरिएको समितिले जनाएको छ । गण्डकी प्रदेशको एक सय पर्यटकीय गन्तब्यमा पर्ने र समग्र आँबुखैरेनी गाउँपालिकाकै गहनाको रुपमा रहेको मन्दिरमा भब्य मेला लाग्ने भएकै कारण पालिकाको शिक्षा शाखाले उक्त दिन स्थानीय विदा समेत दिएको स्थानीय शिक्षकहरुले बताएका छन् । 

पौराणीक, ऐतिहासिक, धार्मिक र पिकनिक स्पोटको रुपमा समेत प्रशिद्ध यस स्थानलाई गाउँपालिकाले गुरुयोजनाका साथ विकास गर्ने क्रम चलिरहेको पालिकाका प्रमुख सुक्र चुमानले बताए । पृथ्वीराजमार्गको सत्रसयबाट दक्षिण तर्फ करिब २५ मिनेटमा सवारी साधन र ४५ मिनेटको पैदल दुरी पर्दछ भने त्यति नै समयमा याम्पाफाँटबाट पनि मन्दिरमा पुग्न सकिन्छ । भञ्ज्याङ्ग दैनिकबाट

images
प्रकाशित मिति :कार्तिक १६, २०७९ बुधवार - ०७:५३:१७ बजे

पत्रपत्रिका

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology