Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

आँबुखैरेनी विशेष

गाउँपालिकाद्वारा आँबुखैरेनी बजारको मुख्य सडक दायाँबायाँको फुटपाथी खाली गराउन रेखाङ्कन सुरु

गाउँपालिकाद्वारा आँबुखैरेनी बजारको मुख्य सडक दायाँबायाँको फुटपाथी खाली गराउन रेखाङ्कन सुरु

नाला बाहेक ३ मिटर पैदल मार्गको लागी खाली गरिने

images

इच्छाकामना न्युज

१४, कार्तिक २०७९
गाउँपालिकाद्वारा आँबुखैरेनी बजारको मुख्य सडक दायाँबायाँको फुटपाथी खाली गराउन रेखाङ्कन सुरु
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले बजार व्यवस्थित गर्न आँबुखैरेनी बजारको मुख्य सडक दायाँबायाँको फुटपाथ खाली गराउनका लागी रेखाङ्कन गर्ने कार्य सुरु गरेको छ। गाउँपालिकाले आजदेखि सडकको (दायाँ–बायाँ) नाला बाहेक ३ मिटर भित्र पैदल मार्ग निर्माण गर्ने गरि फुटपाथ खाली गराउनका लागी रेखाङ्कन गर्ने कार्य सुरु गरेको हो । 

312345415_510237361125050_8034108256256281801_n.jpg

यस अघि पैदल मार्ग निर्माणका लागि गाउँपालिकाले आँबुखैरेनी चोक देखि पालिकाको कार्यालयसम्म र आँबुखैरेनी चोक देखि तल्लो बजार सम्म सडकको नाला बाहेक ३ मिटर भित्र पर्ने संरचना हटाउन, निर्माण कार्य बन्द गर्न, ठेला गाडा हटाउन लगायत अन्य संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो । ३५ दिने सूचना सकिए लगतैं सो क्षेत्रमा पर्ने सडकमा पैदल मार्ग निर्माण गरी बजार व्यवस्थित गर्न रेखाङ्कन गरिएको छ । 

312966804_510237387791714_7963901483122594918_n.jpg

बजार क्षेत्रलाई व्यवस्थित गर्न, सडक दुर्घटना न्यूनिकरण गर्न, बजार क्षेत्रलाई सफा तथा सडक बत्ती र सिसि क्यामेरा जडान गरी सुरक्षित गराउन, सडकको दायाँ बायाँ फुल सहितको गमला राखी सुन्दर र आकर्षित बनाउन पैंदल मार्ग निर्माणको तयारी सुरु गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । 

312123545_510237391125047_3147871915367950496_n.jpg

पालिका अध्यक्ष चुमानले सडकको ३ मिटर क्षेत्रमा पर्ने विभिन्न स्थायी तथा अस्थायी संरचनालाई यथा शिघ्र हटाई पैदल मार्ग निर्माण कार्यमा सहयोग गर्न स्थानीय व्यापारीहरुलाई आग्रह गरेका छन्।

images
प्रकाशित मिति :कार्तिक १४, २०७९ सोमवार - २०:२८:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology