Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

दक्षिण कोरियामा भागदौड हुँदा डेढसय बढीको मृत्यु

दक्षिण कोरियामा भागदौड हुँदा डेढसय बढीको मृत्यु

एजेन्सी

१३, कार्तिक २०७९
दक्षिण कोरियामा भागदौड हुँदा डेढसय बढीको मृत्यु
images

दक्षिण कोरिया । दक्षिण कोरियाको राजधानी सउलमा ह्यालोविन कार्यक्रम मनाउने क्रममा भएको भागदौडमा कम्तिमा १ सय ५० जनाको मृत्यु भएको छ ।

images
images

मृतकहरुमा अधिकांश महिला र २० वर्ष आसपासका रहेका छन् । घटनमा सय जना जति घाइते भएको जनाइएको छ ।

अहिलेसम्म ७६ घाइतेलाई अस्पताल भर्ना गरिएकोमा २० जनाको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।

मृतकहरुमा दुई जना विदेशी भएको पत्ता लागेको छ भने अस्पताल भर्ना गरिएकाहरुमा १५ जना विदेशी रहेका छन ।

नाइटलाइफका लागि लोकप्रिय इतेवन क्षेत्रको साँघुरो गल्लीमा शनिबार राति साढे दश बजेतिर एकै पटक ठूलो संख्यामा मानिसहरु प्रवेश गर्दा ठेलमठेल हुँदा दूर्घटना भएको हो ।

साँघुरो गल्लीमा ठेलमठेल हुँदा ठूलो संख्यामा हताहत भएको सउल प्रहरीले जनाएको छ ।

घटनाप्रति दुःख ब्यक्त गर्दै दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले विस्तृत अनुसन्धानका लागि आदेश दिनुभएको छ । विश्वका विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुले पनि घटनाप्रति दुःख ब्यक्त गरेका छन् ।

images
प्रकाशित मिति :कार्तिक १३, २०७९ आइतवार - ०८:२६:५४ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology