Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

छठ पर्वले बन्धुत्वको भावनालाई गाढा बनाउन मद्दत पुगोस् : राष्ट्रपति विद्यादेवी भण्डारी

छठ पर्वले बन्धुत्वको भावनालाई गाढा बनाउन मद्दत पुगोस् : राष्ट्रपति विद्यादेवी भण्डारी

इच्छाकामना न्युज

१३, कार्तिक २०७९
छठ पर्वले बन्धुत्वको भावनालाई गाढा बनाउन मद्दत पुगोस् : राष्ट्रपति विद्यादेवी भण्डारी
images

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेकी छिन् । एक विज्ञप्ति जारी गर्दै भण्डारीले विश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गरेकी हुन् ।

images
images

‘प्रकृतिको पूजा गरिने यस पर्वका माध्यमबाट भौगोलिक, सामाजिक, तथा सांस्कृतिक विविधतायुक्त समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई गाढा बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास लिएको छु’ विज्ञप्तिमा भनिएको छ । 

साथै छठ पर्वले समाजमा विद्यमान जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद र विसङ्गतिको अन्त्य गरी न्यायपूर्ण, समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि सबैलाई प्रेरणा प्रदान होस् भनी भण्डारीले शुभकामना व्यक्त गरेकी छिन् ।

 

images
प्रकाशित मिति :कार्तिक १३, २०७९ आइतवार - ०८:१३:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology