Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

छठ पर्व अन्तरगत आज ‘खरना’ मनाउँदै 

छठ पर्व अन्तरगत आज ‘खरना’ मनाउँदै 

इच्छाकामना न्युज

१२, कार्तिक २०७९
छठ पर्व अन्तरगत आज ‘खरना’ मनाउँदै 
images

काठमाण्डौ । छठ पर्व अन्तरगत आज व्रतालुले ‘खरना’ मनाउँदैछन् । हिजो ‘नहाय–खाय’गरेर व्रत सुरू गरेका श्रद्धालुले आज खरना गर्न लागेका हुन् । छठको दोस्रो दिन दिनभर व्रत बसेर साँझ चन्द्रदर्शन गर्ने विधि छ ।

images
images

यसपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर हालेर खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाउने र व्रतालु तथा परिवारका सदस्यले प्रसाद खाने चलन छ। भोलि निराहार व्रत बसेर जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिइन्छ ।

यो विधिलाई ‘सझुका अरख’ भनिन्छ। पर्सि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व सकिन्छ । पर्वको अवसरमा सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । 

images
प्रकाशित मिति :कार्तिक १२, २०७९ शनिवार - ०८:५४:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology