Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

आँबुखैरेनी विशेष

नेपाल सम्बत् ११४३ को अवसरमा आँबुखैरेनीमा न्हुँ दया भिन्तुना र्‍याली

नेपाल सम्बत् ११४३ को अवसरमा आँबुखैरेनीमा न्हुँ दया भिन्तुना र्‍याली

images

इच्छाकामना न्युज

९, कार्तिक २०७९
नेपाल सम्बत् ११४३ को अवसरमा आँबुखैरेनीमा न्हुँ दया भिन्तुना र्‍याली
images

आँबुखैरेनी । नेपाल सम्वत ११४३ को अवसरमा तनहुँको आँबुखैरेनीमा न्हुँ दया भिन्तुना र्‍यालीको आयोजना गरिएको छ । झिंगु नेवाः खल आँबुखैरेनीको आयोजनामा आज बुधबार भिन्तुना र्‍यालीको आयोजना गरिएको हो।

कार्यक्रममा परम्परागत भेषभुषामा सजिएर आँबुखैरेनीका नेवार समुदायले राष्ट्रिय झन्डा लिई कुमारी यात्रा र धिमे बाजा सहित नगर परिक्रमा गरिएको थियो।

newa1.jpg

र्‍याली पश्चात आँबुखैरेनी चोकमा शंखधर साख्वा, पध्म रत्न तुलाधर तथा शताब्दी पुरुष सत्य मोहन जोशीको सम्झनामा १ मिनेट मौन धारण गर्दै फोटोमा माल्यर्पण गर्नुका साथै शिक्षाविद तथा समाजसेवी भगवान दास मल्लले कार्यक्रम बारे धारणा राखिएको कार्यक्रम संयोजक झिंगु नेवाः खल आँबुखैरेनीकी अध्यक्ष शुभलक्ष्मी श्रेष्ठले जानकारी दिए।

उनले कार्यक्रममा सहभागी सम्पुर्ण महानुभवहरुलाई धन्यवाद व्यक्त गरेका थिए।

images
प्रकाशित मिति :कार्तिक ९, २०७९ बुधवार - २१:२८:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology