टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज घरेलु टोली अस्ट्रेलिया र श्रीलङ्काबीच प्रतिपस्र्धा हुँदैछ । पर्थमा हुनेमा खेल नेपाली समय अनुसार बेलुका पौने ५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा न्युजिल्याण्डसँग पराजित भएको अस्ट्रेलिया आजको खेल जित्नै पर्ने दबाबमा छ । पहिलो खेलमा आयरल्याण्डलाई हराएको श्रीलङ्का भने अस्ट्रेलियालाई पराजित गर्दै समिफाईनलको यात्रा थप सहज बनाउन चाहन्छ ।
यसअघि हिजो बंगलादेशले नेदरल्याण्डलाई ९ रनले हराउँदा, वर्षाले प्रभावित बनेपछि दक्षिण अफ्रिका र जिम्बावेबीचको खेल बिना कुनै नजिता सकिएको थियो ।