Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

दुर्घटना

इच्छाकामनाको मौवाखोला र रमाइलोडाडामा मोटरसाइकल दुर्घटना, इच्छाकामनाका प्रेम गुरुङ सहित २ जनाको मृत्यु

इच्छाकामनाको मौवाखोला र रमाइलोडाडामा मोटरसाइकल दुर्घटना, इच्छाकामनाका प्रेम गुरुङ सहित २ जनाको मृत्यु

images

इच्छाकामना न्युज

७, कार्तिक २०७९
इच्छाकामनाको मौवाखोला र रमाइलोडाडामा मोटरसाइकल दुर्घटना, इच्छाकामनाका प्रेम गुरुङ सहित २ जनाको मृत्यु
images

कुरिनटार । चितवनको इच्छाकामनामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पृथ्वीराजमार्ग अन्तरगत चितवन इच्छाकामना ३ मौवा खोलामा धादिङ तर्फ बाट फिस्लिङ तर्फ आउदै गरेको ना३३प ३६५० नम्बरको मोटरसाइकल गएराती १२ बजे आफै अनियन्त्रित भई पल्टिदाँ इच्छाकामना ३ का प्रेम बहादुर गुरुङको मृत्यु हो । अनियन्त्रित भइ बाटो साईटको नालीमा झरी गम्भीर घाईते भएका गुरुङको उपचारको क्रममा भरतपुर अस्पतालमा १ः ५५ बजे मृत्यु भएका हुन् । यसैबिच पृथ्वीराजमार्ग अन्तरगत इच्छाकामना ४ स्थित रमाइलो डाडाँमा मोटरसाइकल ट्रकमा ठोक्किदाँ एक जनाको मृत्यु भएको छ । ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान ०५ः३५ बजेको समयमा नवलपरासीबाट काठमाडौ तर्फ जाँदै गरेको ना७ख ९२३१ नम्बरको ट्रकमा बिपरित दिशाबाट आउदै गरेको ना४७प ९११६ नम्बरको मोटरसाइकल ठोक्किएर घाइते भएका मोटसाइकल चालक सर्लाहीको बाग्मती नगरपालिका १० बस्ने बर्ष अं.२५/२६ को सुनिल सिंहको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक सिंह श्री रण शार दल गण बुटवलमा कार्यरत आर्मीको सिपाही रहेको प्रहरीले जनाएको छ । घाइते मोटर साइकल पछाडी सवार सर्लाहीको बाग्मती नगरपालिका ८ बस्ने बर्ष १९ की निसा मगरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको टाउको र निधारमा चोट लागेको र अबस्था मध्याम रहेको छ । ट्रक र चालक रहेको प्रहरीको नियनत्रणमा रहेको छ।

images
प्रकाशित मिति :कार्तिक ७, २०७९ सोमवार - १३:०५:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology