कुरिनटार । ११४ औं लक्ष्मी जयन्तीको अवसरमा इच्छाकामनामा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । इच्छाकामना साहित्य प्रवाहको आयोजनामा सर्वशान्ति मावि कुरिनटारमा आज कविता वाचन तथा आख्यान सम्बन्धि विशेष प्रवचन कार्यक्रम सम्पन्न भएको हो।
साहित्य प्रवाहका अध्यक्ष एकराज शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष माया सिलवाल रहेका थिए भने विशिष्ठ अतिथि मदन पुरस्कार विजेता प्रसिद्ध आख्यानकार अमर न्यौपाने र साहित्यकार छन्द कवि नारायणप्रसाद पोखरेल रहेका थिए।
कार्यक्रममा दर्जनौ स्रष्टाहरुले कविता वाचन गर्नुका साथै मदन पुरस्कार विजेता प्रसिद्ध आख्यानकार अमर न्यौपानेले आख्यानका बारे विशेष प्रवचन दिएका थिए।
कार्यक्रमको संचालन इच्छाकामना साहित्य प्रवाहका सचिव शंकर सिलवालले गरेका थिए।