Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

आँबुखैरेनीका शिक्षाप्रेमी समाजसेवी ऋषी के.सी.ले दिए मृगौलापिडित बिरामीलाई २० हजार १ सय नगद सहयोग

आँबुखैरेनीका शिक्षाप्रेमी समाजसेवी ऋषी के.सी.ले दिए मृगौलापिडित बिरामीलाई २० हजार १ सय नगद सहयोग

images

इच्छाकामना न्युज

२, कार्तिक २०७९
आँबुखैरेनीका शिक्षाप्रेमी समाजसेवी ऋषी के.सी.ले दिए मृगौलापिडित बिरामीलाई २० हजार १ सय नगद सहयोग
images

आँबुखैरेनी । तनहुँ आँबुखैरेनीका शिक्षाप्रेमी समाजसेवि ऋषि केसीले दुबै मिर्गौला पीडित बिरामीलाई नगद आर्थिक सहयोग गरेका छन्। आँबुखैरेनी क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख एवं लायन्स क्लव अफ आँबुखैरेनी सिटीका पूर्व अध्यक्ष समेत रहेका केसीले आँबुखैरेनी ३ पानीघट्टा निवासी मेकराज दर्लामी र निर्मला दर्लामीका १७ बर्षका छोरा दुबै मिर्गौला पीडित बिरामी निराजन दर्लामीको उपचारमा सहयोग पुर्‍याउन नगद २० हजार १ सय रुपैयाँ आर्थिक सहयोग गरेका हुन्।

केसीले आज बुधबार मिर्गौला पीडित बिरामी निराजन दर्लामीलाई भेटेर सहयोग रकम उपलब्ध गराएका थिए। दुवै मृगौंला फेल भएका निराजन दर्लामीको थप उपचारको लागि आर्थिक गर्न चाहनुहुने महानुभावले राष्ट्रिय बाणिज्य बैंक आँबुखैरेनी शाखामा निराजन दर्लामीको आमा निर्मला दर्लामीको नाममा रहेको खाता नं. ३१९०१०००१५०९८०१० मा जम्मा र बुवा मेकराज दर्लामीको मोबाइल नं. ९८१३८९२५७३ मा सम्पर्क गरी आर्थिक सहयोग गर्न सक्नुहुनेछ ।

images
प्रकाशित मिति :कार्तिक २, २०७९ बुधवार - २०:३२:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology