Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

अपराध

आँबुखैरेनीको बेनिटारबाट लागुऔषध सहित १ जना पक्राउ 

आँबुखैरेनीको बेनिटारबाट लागुऔषध सहित १ जना पक्राउ 

images

इच्छाकामना न्युज

२, कार्तिक २०७९
आँबुखैरेनीको बेनिटारबाट लागुऔषध सहित १ जना पक्राउ 
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटारबाट मंगलबार दिउँसो प्रहरीले लागुऔषध सहित १ जना पक्राउ गरेको छ । दिउँसो २ः३० बजेको समयमा पृथ्वीराजमार्ग सडक–खण्डको अस्थायी प्रहरी पोष्ट मुग्लिङ्ग पुलजिपको चेकपोष्टमा चेकजाँचका क्रममा बाग्लुङ काठेखोला गाउँपालिका वडा न. ४ का वर्ष २२ को नर बहादुर थापालाई लागुऔषध सहित पक्राउ गरिएको प्रहरीले बताएको छ। 

सुनौलीबाट पोखरा तर्फ आउदै गरेको ग. २ ख. ९९५ न. को यात्रुबाहक बस रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार थापाले बोकी ल्याएको खैरो झोला भित्र लुकाई छिपाई राखिएको अवस्थामा नुफिन ६८ एम्पुल, फेनरागन ६९ एम्पुल र डाईजेपाम ६९ एम्पुल गरी जम्मा २०६ एम्पुल लागुऔषध फेला नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ ।

प्रहरीले लागुऔषध सहित थापालाई पक्राउ गरी जिल्ला अदालतबाट लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिमको कसुरमा म्याद थप गरी अनुसन्धान कार्य गरिरहेको छ ।

images
प्रकाशित मिति :कार्तिक २, २०७९ बुधवार - १७:४८:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology