Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

आँबुखैरेनी विशेष

आँबुखैरेनी गाउँपालिकाद्वारा मंगलबारदेखि टोलटोलमा सामाजिक सुरुक्षा भत्ता वितरण संगैं कृषि, पशु तथा स्वास्थ्य सेवा प्रदान

आँबुखैरेनी गाउँपालिकाद्वारा मंगलबारदेखि टोलटोलमा सामाजिक सुरुक्षा भत्ता वितरण संगैं कृषि, पशु तथा स्वास्थ्य सेवा प्रदान

images

इच्छाकामना न्युज

२, कार्तिक २०७९
आँबुखैरेनी गाउँपालिकाद्वारा मंगलबारदेखि टोलटोलमा सामाजिक सुरुक्षा भत्ता वितरण संगैं कृषि, पशु तथा स्वास्थ्य सेवा प्रदान
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले टोल टोलमा गएर आर्थिक वर्ष ०७९÷०८० अन्तर्गत प्रथम त्रौमिसिक सामाजिक सुरुक्षा भत्ता वितरण सुरु गरेको छ । गाउँपालिकाले जेष्ठ नागरिक ७० वर्ष उमेर माथिका, जेष्ठ नागरिक दलित, जेष्ठ नागरिक एकल महिला, बिधुवा, पूर्ण अपाङ्ग (क वर्ग) अति अशक्त (ख वर्ग) ५ वर्ष मुनिका दलित बालबालिकालाई टोल टोलमै गएर मंगलबारदेखि सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । 

311582875_499174172231369_4049708213648398797_n.jpg

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले आँबुखैरेनी बजार सम्म आएर घण्टौं सम्म बैंकमा लाइनमा बसेर भत्ता लिनुपर्ने समस्या, बाध्यता लगाएतका थुप्रै असुविधा झेल्दै आएको र लाभग्राहीहरुको सेवा तथा सुविधाका लागि आँबुखैरेनी गाउँपालिकाको ६ वटैं वडाको टोल÷टोल गाउँ÷गाउँमै गएर प्रथम त्रौमिसिक सामाजिक सुरुक्षा भत्ता वितरण सुरु गरिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो ।

312057904_499173818898071_7211913357766601844_n.jpg

यसै क्रममा आँबखैरेनी गाउँपालिकाले वडा नंं. ६ को वडा कार्यालय हिलेखर्क, पुर्लुङ्ग घालडाडाका लाभग्राहीहरुको लागि सामाजिक सुरुक्षा भत्ता वितरण सगैं कृषि, पशु तथा स्वास्थ्य शिविर गरेको छ । हिलेखर्क र पुर्लुङ्गमा १९१ जना सामाजिक सुरुक्षा भत्ता, १५० जनाले स्वास्थ्य सेवा, ७२ जनाले कृषि तथा पशुु सेवा अन्तर्गत सेवा लिएको वडा नंं। ६ का वडाध्यक्ष दिलिप गुरुङ्गले जानकारी दिनुभयो । 

311880370_499173872231399_7281225292020774585_n.jpg

यसरी गाउँपालिकाकाले आफ्नो गाउँ ठाउँमै आएर सामाजिक सुरुक्षा भत्ता वितरण सगैं कृषि, पशु तथा स्वास्थ्य सेवा दिएपछि स्थानीय खुसी भएका छन् । उक्त शिविरमा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुृमान, उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद शर्मा, इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख गायत्री राज शर्मा, आँबुखैरेनी विकास बोर्डका अधिकृत किशोर सुवेदी, लेखा अधिकृत नारायण ढकाल, गाउँपालिका अध्यक्षका स्वकीय सचिव मनोज बास्तोला, सुचना अधिकारी निरज श्रेष्ठ, देउराली स्वास्थ्य चौंकी प्रमुख नगेन्द्र ठाकुर, डा. अविनाश कुमार रौंनियार, कृषि शाखा प्रमुख सन्तोष के.सी., पशु शाखाका डा. सन्तोष देवकोटा, स्वास्थ्य प्रयोगशाला प्रमुख अमृत पण्डीत लगाएतको सहभागितामा सामाजिक सुरुक्षा भत्ता वितरण सगैं कृषि, पशु तथा स्वास्थ्य शिविर गरिएको गाउँपालिकाले जानकारी दिएको छ । 

311693711_499173765564743_2747049091347996452_n.jpg

आगामी कार्तिक ६ गते सम्म १ देखि ६ वटैं वडाको विभिन्न स्थानमा गाउँपालिकाले विभिन्न बैंक मार्फत टोलटोलमा गएर प्रथम त्रौमिसिक सामाजिक सुरुक्षा भत्ता वितरण गर्नेछ ।

311597948_499174068898046_6468529546735691405_n.jpg

images
प्रकाशित मिति :कार्तिक २, २०७९ बुधवार - ०९:३९:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology