Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

आठौँ संस्करणको आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट आजबाट सुरु

आठौँ संस्करणको आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट आजबाट सुरु

images

एजेन्सी

३०, आश्विन २०७९
आठौँ संस्करणको आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट आजबाट सुरु
images

अष्ट्रेलिया । आठौँ संस्करणको आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट आजबाटसुरु हुँदैछ । अष्ट्रेलियाको भिक्टोरियामा सुरु हुने प्रतियोगिताको पहिलो राउण्ड अन्तर्गत समूह ‘ए’ का दुई खेलहरू हुँदैछन् । उद्घाटन खेलमा नामिबिया र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ । जीएमएचबीए मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ९ः४५ मा सुरु हुनेछ ।

आजै नै हुने दोस्रो खेलमा समूह ‘ए’ का यूएई र नेदरल्यान्ड्सबीच नेपाली समय अनुसार दिउँसो १ः४५ मा सुरु हुनेछ । विश्वकपमा १६ राष्ट्र सहभागी छन् ।

१६ टोलीमा ८ टोलीले पहिलो राउण्ड  खेल्नेछन् ।पहिलो चरणमा ४÷४ टोलीको दुई समूह रहेकोमा दुबै समूहका शीर्ष दुई टोली दोस्रो राउण्डका लागि छनोट हुनेछन् ।पहिलो राउण्डको समूह ‘ए’ मा श्रीलङ्का,नामिबीया,यूएई र नेदरल्यान्ड्स रहेका छन् । समूह ‘बी’ मा वेस्ट इण्डिज,जिम्बाबे,आयरल्याण्ड्स र स्कटल्याण्ड रहेका छन् ।

दोस्रो राउन्डमा पुगिसकेका आठ टोली र पहिलो राउण्डबाट आउने चार टोली पुनः सुपर १२ मा खेल्नेछन् । यसमा रहेका १२ टोलीलाई पनि ६÷६ टोली गरी दुई समूहमा विभाजन गरिने छ ।

दुई समूहका शीर्ष २२ टोली सेमिफाईनलमा पुग्ने छन् । सुपर १२ को समूह एकमा अष्ट्रेलिया,न्युजिल्याण्ड,अफगानस्तान,इंग्ल्याण्ड, पहिलो राउण्ड समूह ‘ए’ को बिजेता र पहिलो राउण्ड समूह ‘बी’ को उपबिजेता रहनेछन् ।

समूह दुईमा भारत,पाकिस्तान,दक्षिण अफ्रिका,बङ्गलादेश,पहिलो राउण्ड समूह ‘बी’ को विजेता र पहिलो राउण्ड समूह ‘ए’ को उपबिजेता रहने छन् ।यस विश्वकपको फाईनल खेल भने १३ नोभेम्बरमा हुनेछ ।

images
प्रकाशित मिति :आश्विन ३०, २०७९ आइतवार - १०:२६:०० बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology