पाकिस्तान । अमेरिकी राष्ट्रपति जो बाइडनको विवादित बयानपछि पाकिस्तानले आपत्ति जनाएको छ । राष्ट्रपति बाइडनले एक कार्यक्रममा, पाकिस्तान विश्वको सबैभन्दा खतरनाक मुलुकमध्येको एक रहेको बताएपछि पाकिस्तानले आपत्ति जनाएको हो ।
पाकिस्तानका प्रधानमनत्री शहबाज शरीफले पाकिस्तान एक जिम्मेवार परमाणु हथियार सन्पन्न मुलुक भएको र यसप्रति कसैले शङ्का गर्न नहुने बताउनुभयो । पाकिस्तानकाविदेश मन्त्री बिलावल भुट्टोले अमेरिकी राजदूतसँग यस विषयमा आधिकारिक रुपले बुझ्नुपर्ने बताउनुभएको बीबीसीले लेखेको छ ।