मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिकाका एमाले नेता कृष्ण सिलवालले प्रत्यक्षतर्फ चुनाव लड्न टिकट पाएका छन्। एमाले इच्छाकामना गाउँपालिका अध्यक्ष रहेका सिलवालले आज चितवन क्षेत्र नं. २ प्रदेश सभा ‘क’ को सदस्यमा प्रत्यक्षतर्फ चुनाव लड्न टिकट पाएका हुन्।
सिलवाल तात्कालिन दारेचोक गाविसको उपाध्यक्षमा एमालेबाटै २०५४ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भएका थिए । यसपटकको स्थानीय तह निर्वाचनमा पनि अध्यक्षमा निर्वाचन लड्न चाहे पनि अन्त्यमा पछि हटेका थिए।
गाउँपालिका अध्यक्ष उम्मेद्वारमा पछि हटेका उनै सिलवाललाई नेकपा एमालले अहिले चितवन क्षेत्र नं. २ प्रदेश सभा ‘क’ को सदस्यमा प्रत्यक्षतर्फ चुनाव लड्न टिकट दिएका हुन्।
सिलवालकै नेतृत्वमा २०७९ को स्थानीय तह निर्वाचनमा इच्छाकामना गाउँपालिकामा अत्याधिक बहुमतका साथ नेकपा एमाले विजयी भएको थियो।
सिलवालले टिकट पाएसँगै सांसदको निर्वाचन लड्न इच्छाकामनाबाट टिकट पाउने पहिलो व्यक्ति बनेका छन्। अहिलेसम्म इच्छाकामनाका कुनैपनि व्यक्तिले सांसदको टिकट पाएका छैनन्।