Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

राजनिति

चितवन क्षेत्र नं. २ मा एमालेबाट पुनः कृष्णभक्त पोखरेललाई टिकट, भन्छन्ः ‘मेरो जित सुनिश्चित छ’

चितवन क्षेत्र नं. २ मा एमालेबाट पुनः कृष्णभक्त पोखरेललाई टिकट, भन्छन्ः ‘मेरो जित सुनिश्चित छ’

images

इच्छाकामना न्युज

२१, आश्विन २०७९
चितवन क्षेत्र नं. २ मा एमालेबाट पुनः कृष्णभक्त पोखरेललाई टिकट, भन्छन्ः ‘मेरो जित सुनिश्चित छ’
images

चितवन । नेकपा एमालेले चितवन क्षेत्र नं. २ मा निवर्तमान सांसद कृष्णभक्त पोखरेललाई नै टिकट दिएको छ । उनले आज आफ्नो टिकट पक्का भएको जानकारी दिए । उनी २०७० सालको संविधानसभामा साविक क्षेत्र नं.३ हालको क्षेत्र नं।२ र २०७४ को प्रतिनिधि सभा निर्वाचनमा क्षेत्र नं. २ बाट नै निर्वाचित भएका थिए ।

टिकट पक्का भएपछि पोखरेलले आफ्नो जित सुनिश्चित भएको दावी गरे । गत स्थानीय तहको निर्वाचनमा पाँचदलीय गठबन्धन हुँदा पनि एमाले एक्लैले इच्छाकामनाको अध्यक्ष, उपाध्यक्ष, कालिका नगरपालिकाको मेयर र उपमेयर जितेको भन्दै राष्ट्रिय मुद्धा लिएर चुनावी महाअभियानमा जाने भएकाले जित सुनिश्चित भएको बताए ।

‘सत्ता गठबन्धन हुँदा पनि हामी धेरै भन्दा बढी मत ल्याएर जितेको ठाउँ हो, अब राष्ट्रिय मुद्दाहरु राष्ट्रिय स्वाधिनता र सुखी नेपाली र समृद्धि नेपालको मुल मुद्दा लिएर हामी चुनावी महाअभियानमा जाने हुँदा मेरो जित सुनिश्चित छ’–पोखरेलले नारायणी अनलाइनसंग भने ।

पछाडी क्षेत्रहरुमा अझै बाटाघाटा, बिजुली बत्तीको अभाव भइरहेका र भरतपुर महानगरभित्र पनि रिङ रोडलगायत निर्माणको काम अझै बाँकी भएकाले विकासलाई चितवनमा केन्द्रविन्दु बनाएर अघि बढ्ने बताए । नारायणी अनलाईनबाट

images
प्रकाशित मिति :आश्विन २१, २०७९ शुक्रवार - १९:०९:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology