Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

टी–२० शृंखलामा पाकिस्तानविरुद्ध इंग्ल्यान्डलाई ऐतिहासिक जित

टी–२० शृंखलामा पाकिस्तानविरुद्ध इंग्ल्यान्डलाई ऐतिहासिक जित

images

एजेन्सी

१७, आश्विन २०७९
टी–२० शृंखलामा पाकिस्तानविरुद्ध इंग्ल्यान्डलाई ऐतिहासिक जित
images

घरेलु टोली पाकिस्तानविरुद्धको ७ खेलको टी–२० शृंखला भ्रमणकारी टोली इंग्ल्यान्डले ४–३ ले जितेको छ ।आइतबार राति अन्तिम खेल इंग्ल्यान्डले ६७ रनले जित्यो । २ सय १० रनको लक्ष्य पछ्याएको पाकिस्तान २० ओभरमा ८ विकेट गुमाएर १ सय ४२ रनमा समेटियो ।

पाकिस्तानका शान मासुदले ५६ रन तथा खुशदिल शाहले ३७ रन बनाए । इंग्ल्यान्डका क्रिस वोक्सले ३ विकेट लिए । यसअघि टस हालेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय ९ रन बनाए ।

इंग्ल्यान्डका डेविड मालनले अविजित ७८ रन बनाए । ह्यारी ब्रुकले अविजित ४६ रनको योगदान गरे । पाकिस्तानका मोहमद हस्नेनले १ विकेट लिए । इंग्ल्यान्डको यो ऐतिहासिक ऋंखला हो । इंग्ल्यान्ड १७ वर्षपछि पाकिस्तान भ्रमणमा निस्किएको थियो ।

images
प्रकाशित मिति :आश्विन १७, २०७९ सोमवार - ०८:११:४६ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology