Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

आँबुखैरेनी विशेष

आँबुखैरेनीमा दोस्रो आँबुखैरेनी रंगशाला कप २०७९ सुरु, सनराईज, टिजीओ र चाम्बास क्लब विजयी 

आँबुखैरेनीमा दोस्रो आँबुखैरेनी रंगशाला कप २०७९ सुरु, सनराईज, टिजीओ र चाम्बास क्लब विजयी 

images

इच्छाकामना न्युज

१०, आश्विन २०७९
आँबुखैरेनीमा दोस्रो आँबुखैरेनी रंगशाला कप २०७९ सुरु, सनराईज, टिजीओ र चाम्बास क्लब विजयी 
images

आँबुखैरेनी । तनहुँको आँबुखैरनी गाउँपालिका–२, स्थित मार्किचोक युवा क्लबको आयोजनामा आजबाट दोस्रो आँबुखैरेनी रंगशाला कप–२०७९ सुरु भएको छ । दोस्रो आँबुखैरेनी रंगशाला कप–२०७९ सेभेन ए साईड नक आउट फुटबल प्रतियोगिताको एक कार्यक्रमकाबीच आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले उद्घाटन गर्नुभएको छ । 

308958035_479018317580288_4134397587374474941_n.jpg

आयोजक मार्किचोक युवा क्लबका अध्यक्ष दिवश थापा मगरको सभापत्विमा सुरु भएको प्रतियोगितामा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान, गाउँपालिका उपाध्यक्ष दुर्गा अर्याल, गाउँपालिका विकास बोर्ड अधिकृत किशोर सुवेदी, वडा नं. २ का वडाध्यक्ष आश बहादुर गुरुङ्ग, इलाका प्रहरी कार्यालय आँबुखैरेनीका हवल्दार लेख बहादुर थापा, आँबुखैरेनी गाउँपालिका कार्यपालिका सदस्य भुवन बि.क., आँबुखैरेनी रंगशाला निर्माण समितीका अध्यक्ष हिक्मत गुरुङ्ग, मार्किचोक युवा क्लबका सदस्य तथा समाजसेवी सुजन गुरुङ्ग लगाएतको सहभागिता रहेको थियो । 

308508196_479018474246939_9144665948123480520_n.jpg

प्रतियोगिता अन्तर्गत उद्घाटनका दिन आज ३ खेल सम्पन्न भएका छन् । आजको पहिलो खेलमा सनराईज युथ क्लबले आयोजक मार्किचोक युवा क्लब बीलाई टाई ब्रेकरमा २–१ गोल अन्तरले हराएको छ । यस्तै, आजको दोस्रो खेलमा टिजीओ क्लबले न्यू स्टार क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको छ । 

यसैगरी, आजको तेस्रो तथा अन्तिम खेलमा चाम्बास क्लबले छिर्कन क्लबलाई ३–० गोल अन्तरले पाखा लगाएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख १ सय रुपैंया र द्धितीय हुने टिमले नगद ५० हजार रुपैंया प्राप्त गर्ने छन् । आगामी असोज १५ गते सम्म चल्ने प्रतियोगितामा २५ टिमको सहभागिता रहेको छ ।

images
प्रकाशित मिति :आश्विन १०, २०७९ सोमवार - २१:२७:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology