Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

बेनिघाट रोराङ गाउँपालिकाद्वारा अग्निपिडित चेपाङलाई १५ हजार राहत प्रदान

बेनिघाट रोराङ गाउँपालिकाद्वारा अग्निपिडित चेपाङलाई १५ हजार राहत प्रदान

images

इच्छाकामना न्युज

१०, आश्विन २०७९
बेनिघाट रोराङ गाउँपालिकाद्वारा अग्निपिडित चेपाङलाई १५ हजार राहत प्रदान
images

धादिङ । बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले वडा नम्बर १० का आगलागी पिडित जंगबहादुर चेपाङलाई आपतकालिन राहात स्वरुप नगद १५ हजार प्रदान गरेका छन् ।

शनिबार दिउँसो जंगबहादुरको घरमा आगलागी हुँदा घरमा रहेको मकै, चामल लगायतका खाद्यान्न, ४ जनाको नागरिकता र दशैं मान्न भनेर साहु सँग ऋण खोजेर ल्याएको नगद ३० हजार र लत्ता कपडा पूर्ण रुपमा जलेर नस्ट भएको थियो ।

विपतमा स्थानीय सरकार हरेक नागरिकको साथमा रहेको बताउँदै पालिका अध्यक्ष विवेकले न आत्तिन आग्रह गर्दै अहिले आपतकालिन सहयोग गरिएको र अन्य सहयोग अवश्यकता हेरेर गरिने बताए ।

images
प्रकाशित मिति :आश्विन १०, २०७९ सोमवार - ०९:४४:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology