Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

युइएफए नेसन्स लिगः क्रोएसिया फाइनल चारमा 

युइएफए नेसन्स लिगः क्रोएसिया फाइनल चारमा 

images

एजेन्सी

१०, आश्विन २०७९
युइएफए नेसन्स लिगः क्रोएसिया फाइनल चारमा 
images

अष्ट्रिया । विश्व उपविजेता क्रोएसिया युइएफए नेसन्स लिगको फाइनल चारमा प्रवेश गरेको छ । अष्ट्रियालाई उसकै मैदानमा ३–१ ले पराजित गर्दै लिग ‘ए’ ग्रुप १ मा शीर्षस्थानमा रहँदै क्रोएसिया फाइनल चारमा प्रवेश गरेको हो ।

अन्स्र्ट हापेल स्टेडियम वेइनमा गयराति भएको खेलमा क्रोएसियाको जितमा कप्तान लुका मोड्रिच, मार्काे लिभाजा र डिजान लोभरेनले गोल गरे भने अष्ट्रियाका क्रिस्टोफ बाअमगार्टनरले एक गोल फर्काउनुभयो । हिजै भएको अर्को खेलमा फ्रान्स डेनमार्कसँग २–० ले पराजित भएको छ ।

पार्केनमा भएको खेलमा घरेलु टोलीको जितमा कास्पर डोलवर्ग र एन्ड्रिएस स्कोभ ओल्सेनले गोल गरे । यस्तै नेदरल्यान्ड्सले बेल्जियममाथि १–० ले जित हात पारेको छ ।प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको दोस्रो हाफमा भान डाइकले गर्नुभएको गोल नै निर्णायक बन्यो ।

जितसँगै नेदरल्यान्ड्स समूह चरणसँगै पछिल्लो १५ खेलसम्म अपराजित रहन सफल भएको छ । अर्काे खेलमा पोल्यान्डले वेल्सलाई १–० ले पराजित गरेको छ । 

images
प्रकाशित मिति :आश्विन १०, २०७९ सोमवार - ०९:२९:५८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology