Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

ईरानमा महसा अमिनीको मृत्युपछि हिंसात्मक बन्दै प्रदर्शन, ४० जनाभन्दा बढीको मृत्यु 

ईरानमा महसा अमिनीको मृत्युपछि हिंसात्मक बन्दै प्रदर्शन, ४० जनाभन्दा बढीको मृत्यु 

images

एजेन्सी

१०, आश्विन २०७९
ईरानमा महसा अमिनीको मृत्युपछि हिंसात्मक बन्दै प्रदर्शन, ४० जनाभन्दा बढीको मृत्यु 
images

ईरान । ईरानमा २२ वर्षका महसा अमिनीको मृत्यपछि महिलाहरू अधिकारको माग गर्दै सडकमा उत्रेका छन् । १६ सेप्टेम्बरका दिन अमिनीको ईरानको राजधानी तेहरानस्थित एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि प्रदर्शनले हिंसात्मक रुप लिएको हो ।

मुस्लिम समुदायका महिलाले लगाउने हिजाबसम्बन्धी नियम उल्लङ्घन गरेको भन्दै महसालाई १३ सेप्टेम्बरमा प्रहरीले हिरासतमा लिएको थियो । ईरानको कुर्दिस्तान प्रान्तको साकजि सहरमा बसोबास गर्दै आउनुभएका महसामाथि प्रहरीले हिरासतमै कुटपिट गरेको, उहाँको पोस्टमार्टम रिपोर्ट पनि नदिएको तथा मृत्युको कारणबारे पनि पत्ता नलागेको परिवारको आरोप छ ।

उहाँको मृत्युपछि ईरानका ८० भन्दा बढी सहरमा प्रहरीविरुद्ध प्रदर्शन भइरहेको छ । विभिन्न क्षेत्रमा इन्टरनेट सेवा बन्द गरिएको छ भने टेलिफोन पनि अवरुद्ध बनाएका छन् । प्रदर्शमा हालसम्म ४० जनाभन्दा बढीको मृत्यु भएको छ भने १ सयभन्दा बढी घाइते भएका छन् । 

images
प्रकाशित मिति :आश्विन १०, २०७९ सोमवार - ०९:२८:१२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology