Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

रुसका उपरक्षामन्त्री बुल्गाकोभ बर्खास्त 

रुसका उपरक्षामन्त्री बुल्गाकोभ बर्खास्त 

images

एजेन्सी

९, आश्विन २०७९
रुसका उपरक्षामन्त्री बुल्गाकोभ बर्खास्त 
images

रुस । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उपरक्षामन्त्रीलाई बर्खास्त गर्नुभएको छ । युक्रेनमा युद्धरत रुसी सैनिकका लागि खाद्यान्नसहित अत्यावश्यक सामग्रीको उचित व्यवस्थापन गर्ने जिम्मा पाउनुभएका जनरल दिमित्री बुल्गाकोभलाई बर्खास्त गरिएको हो ।

६७ वर्षका बुल्गाकोभले जिम्मेवारी पूरा नगरेको भन्दै बर्खास्त गरिएको रुसको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल टेलिग्राममार्फत् जानकारी दिएको हो। बुल्गाकोभको स्थानमा कर्णेल जनरल मिखाइल मिजिन्त्सेभलाई नियुक्त गर्ने तयारी रुसको छ ।

मिखाइलले मासिपोलमा कब्जा गर्ने अभियानको नेतृत्व गर्नुभएको थियो । बर्खास्त हुनुभएका जनरल बुल्गाकोभले सन् २००८ देखि रुसी सैनिकको अत्यावश्यक सामग्री व्यवस्थापन सम्बन्धी जिम्मेवारी निर्वाह गर्दै आउनुभएको थियो । 

images
प्रकाशित मिति :आश्विन ९, २०७९ आइतवार - ०९:१४:३८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology