Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्ये ल्हु संघ चितवनद्वारा कविलास भोर्लेमा वोन धर्म संस्कृतिबारे प्रशिक्षण कार्यक्रम सम्पन्न

प्ये ल्हु संघ चितवनद्वारा कविलास भोर्लेमा वोन धर्म संस्कृतिबारे प्रशिक्षण कार्यक्रम सम्पन्न

इच्छाकामना न्युज

१७, आश्विन २०७७
प्ये ल्हु संघ चितवनद्वारा कविलास भोर्लेमा वोन धर्म संस्कृतिबारे प्रशिक्षण कार्यक्रम सम्पन्न
images

भरतपुर, १७ असोज
तमु प्ये ल्हु संघ जिल्ला समिति चितवनले भरतपुर महानगरपालिका २९ स्थित कविलास भोर्ले गाउँमा गुरुङको कुल संस्कार वोन धर्म बारे प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। समितिको इकाई समिति कविलास भोर्लेको आयोजनामा एक दिने गुरुङको कुल संस्कार वोन धर्म बारे प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो।

images
images

120721307_258147915510395_4420527748242178720_n.jpg
इकाई समितिका अध्यक्ष कविराज गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुरुङ समुदायको कुल धर्म वोन संस्कारबारे समितिका जिल्ला अध्यक्ष जगत बहादुर गुरुङ, वरिष्ठ उपाध्यक्ष तुलाराम गुरुङ, पूर्व अध्यक्ष एवं सल्लाहकार समिति संयोजक भिम बहादुर गुरुङले सहजिकरण गरेका थिए। कार्यक्रमका सहजकर्ताहरुले आगामी राष्ट्रिय जनगणनामा गुरुङहरुले वोन धर्म किन लेख्ने? वोन धर्म के हो? जस्ता विषयमा जानकारी दिएका थिए।
यस्तै कार्यक्रममा समितिका जिल्ला सचिव बिक्रम गुरुङ, माडि इकाई समितिका अध्यक्ष पेज बहादुर गुरुङ, तमु प्ये ल्हु संघ जिल्ला महिला समितिका कोषाध्यक्ष शुकमाया गुरुङ लगायतकाको उपस्थिति रहेको थियो।

images
प्रकाशित मिति :आश्विन १७, २०७७ शनिवार - १९:३८:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology