Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

ईरानमा २२ वर्षका महसाको मृत्युपछि जारी प्रदर्शनमा ३० जनाको मृत्यु 

ईरानमा २२ वर्षका महसाको मृत्युपछि जारी प्रदर्शनमा ३० जनाको मृत्यु 

images

एजेन्सी

८, आश्विन २०७९
ईरानमा २२ वर्षका महसाको मृत्युपछि जारी प्रदर्शनमा ३० जनाको मृत्यु 
images

ईरान । ईरानमा २२ वर्षका महसा अमिनीको मृत्यपछि जारी प्रदर्शनको क्रममा कम्तिमा ३० जनाको मृत्यु भएको छ । हिजाब लगाउने नियम उल्लङ्घन गरेको भन्दै महसालाई पक्राउ गरिएको थियो । तेहरानकोमोरैलिटी प्रहरीका अनुसार महसाले सार्वजनिक स्थानमा टाउको छोप्ने तथा खुकुलो लुगा लगाउने नियमको उल्लङ्घन गरेकाले नियन्त्रणमा लिइएको थियो । १९७९ को क्रान्ति पछि ईरानमा सामाजिक मुद्दालाई समाधान गर्नका लागि मोरैलिटी प्रहरी इकाई गठन गरिएको हो ।

ईरानको कुर्दिस्तान प्रान्तको साकजि सहरमा बसोबास गर्दै आउनुभएका महसाको गत शुक्रवार तेहरानस्थित अस्पतालमा मृत्यु भएको थियो । महसाको मृत्युको कारण भने बताइएको छैन । प्रहरी हिरासतमा रहनुभएका महसाको अकस्मात मृत्यु भएपछि ईरानमा प्रदर्शन तीव्र बनेको छ । प्रहरीविरुद्ध जारी प्रदर्शनको क्रममा हालसम्म ३० जनाको मृत्यु भएको तथा ७० जनाभन्दा बढी घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन् ।

ईरानमा भएको यस घटनाप्रति विश्वका विभिन्न मुलुकले विरोध जनाएका छन् । अमेरिकाले ईरानको मोरैलिटी प्रहरीलाई कालोसूचीमा राखेको छ भने फ्रान्सले घटनालाई लज्जास्पद भनेको छ ।  

images
प्रकाशित मिति :आश्विन ८, २०७९ शनिवार - ०९:३४:३५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology