आँबुखैरेनी । बिश्व रेबिज दिवस २०२२ सप्ताहब्यापी रुपमा मनाउने क्रममा आँबुखैरेनी गाउँपालिकाले सुरु गरेको रेबिज रोग विरुद्धको खोप अभियान जारी छ। अभियान अन्तर्गत गाउँपालिकाको पशु सेवा शाखाले शुक्रबार वडा नं. २ मा रेबिज रोग विरुद्ध निःशुल्क खोप कार्यक्रम संचालन गरिएको छ।

गाउँपालिकाका पशुचिकित्सक डा. सन्तोष देवकाटले दिएको जानकारी अनुसार अभियान अन्तर्गत उक्त वडाका ११७ वटा घरपालुवा तथा छाडा कुकुरहरूलाई खोप दिइएको साथै अकला आधारभुत बिधालयमा बिधालय शिक्षा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
