आँबुखैरेनी । सहिद स्मारक सि डिभिजन लिग छनौंट प्रतियोगितामा अल स्टार क्लब आँबुखैरेनीले बिजयी सुरुवात गरेको छ । सात दोबाटो ललितपुर स्थित एन्फा कम्प्लेक्समा केही बेर अगाडी सम्पन्न भएको खेलमा सानेपा इन्द्रेणी युथ क्लब काठमाण्डौंलाई २–० गोल अन्तरले पराजित गर्दै अल स्टार क्लब आँबुखैरेनीले बिजयी सुरुवात गरेको हो ।
अल स्टार क्लबको लागि खेलको दोस्रो हाफको ४९ औं मिनेटमा जर्सी नम्बर १३ का आर्यन रावल र ६५ औं मिनेटमा जर्सी नम्बर १६ का सन्देश थापाले १÷१ गोल गरेका थिए । सि डिभिजन छनौंट प्रतियोगिता अन्तर्गत असोज १३ गते सात दोबाटो ललितपुर स्थित एन्फा कम्प्लेक्समा अल स्टार क्लब आँबुखैरेनी र डाईनामाईट फुटबल क्लबबीच खेल हुनेछ ।