Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

खेलकुद

चितवन मुग्लिनकी सुप्रिका गुरुङले जितिन् अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक

चितवन मुग्लिनकी सुप्रिका गुरुङले जितिन् अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक

images

इच्छाकामना न्युज

७, आश्विन २०७९
चितवन मुग्लिनकी सुप्रिका गुरुङले जितिन् अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक
images

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका मुग्लिनकी सुप्रिका गुरुङले ‘तेस्रो माउण्ट एभरेष्ट खुला तेक्वान्दो च्याम्पियनसिप’ मा स्वर्णपदक जित्न सफल भएकी छिन्।

विहीबार पोखरा स्थित बहुउद्देश्य कभर्डहलमा भएको महिला ६७ केजी माथिको प्रतिस्पर्धाको उपाधि भिडन्तमा सुप्रिकाले भारतीय खेलाडी रियल आलुवालियालाई पराजित गर्दै स्वर्ण पदक जितेकी हुन्।

असोज ६ गते देखि ९ सम्म चल्ने च्याम्पियनसिपको बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गरेका हुन्।

IMG_20220923_161210-1024x569.jpg

उद्घाटन समारोहमा वल्र्ड तेक्वान्दो महासङ्घका अध्यक्ष डा.चोउ चुङ ओन,एसियन तेक्वान्दो फेडेरेसन का अध्यक्ष प्रोफेसर लिक्यु सिओक लगायतका उपस्थित रहेका थिए।

च्याम्पियनसिपमा सिनियर र जुनियर गरी १४ वर्षदेखि ६० वर्षमाथिका महिला तथा पुरुष १६ र पुम्सेतमा १४ देखि ६० वर्षमाथि एकल, जोडी र समूहमा प्रतिस्पर्धा भइरहेको छ ।च्याम्पियनसिपमा १३ देशका १ हजार ४ सय २५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

images
प्रकाशित मिति :आश्विन ७, २०७९ शुक्रवार - १९:०२:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology