Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

ईयु अन्तर्गतका राष्ट्रले हरेक वर्ष १३ करोड टनभन्दा बढी खाना खेर फाल्दै 

ईयु अन्तर्गतका राष्ट्रले हरेक वर्ष १३ करोड टनभन्दा बढी खाना खेर फाल्दै 

images

एजेन्सी

७, आश्विन २०७९
ईयु अन्तर्गतका राष्ट्रले हरेक वर्ष १३ करोड टनभन्दा बढी खाना खेर फाल्दै 
images

युरोप । यूरोपेली सङ्घ (ईयू) अन्तर्गतका राष्ट्रहरूले हरेक वर्ष १३ करोड टनभन्दा बढी खाना खेर फाल्ने गरेको एक अध्ययनले देखाएको छ । सुर्यमुखी तेल, गहुँ र जौका लागि युक्रेनमा निर्भर रहेको युरोपले त्यहाँबाट निर्यात गरिएकोमध्ये आधा गहुँ खेर फाल्ने गरेको फिडब्याक ईयूले गरेको अध्ययनमा उल्लेख छ ।

अध्ययनअनुसार खेतमा बाली लगाउँदा र उठाउँदा पनि खाद्यान्न खेर फाल्ने गरिन्छ । फिडब्याक ईयूका वरिष्ठ नीति र अभियान प्रबन्धक मार्टिन बोम्यानलेफोहोरका रूपमा खाना खेर फ्याक्नु भनेको मानिसहरूका लागि थप खर्च बढाउनु रहेको भन्दै जलवायु सङ्कटबाट बच्न यो महत्वपूर्ण रहेको बताउनुभयो ।

संयुक्त राष्ट्र खाद्य र कृषि सङ्गठन (एफएओ) का अनुसार युक्रेन–रुस युद्धका कारण गत महिना विश्वव्यापी खाद्यान्न मूल्यहरू एक वर्षअघिको तुलनामा ८ प्रतिशतले बढेको थियो । गहुँ, मकै र भटमासको मूल्यले यस वर्ष २००८ को विश्व वित्तीय सङ्कटका बेलाभन्दा पनि बढी उचाइ लिएको छ ।

images
प्रकाशित मिति :आश्विन ७, २०७९ शुक्रवार - ०९:१२:५९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology