Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

आँबुखैरेनी विशेष

सहिद स्मारक ‘सि’ डिभिजन लिग छनौंटको लागि आँबुखैरेनीको अलस्टार क्लव काठमाण्डौमा, आज सानेपा युथ क्लबसँग भिड्दै 

सहिद स्मारक ‘सि’ डिभिजन लिग छनौंटको लागि आँबुखैरेनीको अलस्टार क्लव काठमाण्डौमा, आज सानेपा युथ क्लबसँग भिड्दै 

images

इच्छाकामना न्युज

७, आश्विन २०७९
सहिद स्मारक ‘सि’ डिभिजन लिग छनौंटको लागि आँबुखैरेनीको अलस्टार क्लव काठमाण्डौमा, आज सानेपा युथ क्लबसँग भिड्दै 
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ३ मा रहेको अल स्टार क्लव आँबुखैरेनी सहिद स्मारक सि डिभिजन लिगको छनौंट प्रतियोगितामा खेल्न काठमाण्डौ पुगेको छ। प्रशिक्षक विकास श्रेष्ठ सहित २० जना खेलाडीहरु डिभिजन लिग खेल्न बिहिबार काठमाण्डौं पुगेको हो।

स्थानीय खेलाडी उत्पादन र फुटबल खेलको प्रर्वद्धन तथा खेलकूदको विकासका लागि क्लबले संचालन गरेको फुटबलको तालिमबाट छनौंटमा परेका खेलाडीहरुलाई सि डिभिजन लिग खेल्न पठाईएको क्लबका उपाध्यक्ष शुसिल पाण्डेले बताए। 

यसैबीच, आँबुखैरेनी काठमाण्डौं समाजले अल स्टार क्लब सि डिभिजन लिग खेल्न गएका खेलाडीलाई काठमाण्डौंमा स्वागत गरेको छ । समाजका संयोजक अनिल श्रेष्ठ र कार्यक्रम प्रचार प्रसार समितीका सचिव प्रविन तिमिल्सिनाले उक्त खेलाडीहरुलाई गंगबुमा स्वागत गरेका हुन । 

सि डिभिजन छनौंट प्रतियोगिता अन्तर्गत आज दिउँसो १२ः३० बजे सात दोबाटो ललितपुर स्थित एन्फा कम्प्लेक्समा अल स्टार क्लब आँबुखैरेनी र सानेपा युथ क्लब काठमाण्डौंबीच खेल हुनेछ ।

images
प्रकाशित मिति :आश्विन ७, २०७९ शुक्रवार - ०८:३३:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology