Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

आँबुखैरेनी विशेष

आँबुखैरेनी बजारमा पनि अब अतिक्रमित पैदलमार्ग खाली गराईने, ३५ दिने सूचना जारी

आँबुखैरेनी बजारमा पनि अब अतिक्रमित पैदलमार्ग खाली गराईने, ३५ दिने सूचना जारी

images

इच्छाकामना न्युज

५, आश्विन २०७९
आँबुखैरेनी बजारमा पनि अब अतिक्रमित पैदलमार्ग खाली गराईने, ३५ दिने सूचना जारी
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका ३ आँबुखैरेनी बजारमा पनि अब अतिक्रमित पैदलमार्ग खाली गराईने भएको छ। गाउँपालिकाले आज ३५ दिने एक सूचना जारी गर्दै मुख्य सडकको नालाबाट ३ मिटर छोडेर पैदलमार्ग खाली गर्न निर्देशन दिएको हो ।

जारी सूचनामा आँबुखैरेनी बजार चोक देखि गोरखारोड अन्तर्गत मनकामनाचोकसम्म र गाउँपालिकाचोकसम्मको सडकमा रहेको मुख्य नालाबाट ३ मिटर भित्रको दायाबाया भाग छोडेर पैदलमार्ग खाली गर्न निर्देशन दिएको छ । 

जुन भाग भित्र निर्माण भएका कुनैपनि संरचना हटाउने, निर्माण कार्य बन्द गर्ने, ठेलागाडा हटाउने लगायत अन्य सम्पूर्ण संरचना हटाउनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत विष्णुप्रसाद शर्माले जानकारी दिएका छन्। दिईएको समयसीमा भित्र खाली गर्न र नगरेमा नियमानुसार अगाडी बढाइने उनले बताए।

images
प्रकाशित मिति :आश्विन ५, २०७९ बुधवार - २२:१०:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology