विश्वभरि प्रत्येक चार सेकेन्डमा एकजनाको मृत्यु भोकका कारण भइरहेको एक अध्ययनले दाबी गरेको छ । अक्सफाम, सेभ द चिल्ड्रेन, प्लान इन्टरनेसनल लगायतका २ सय संस्थाले प्रत्येक चार सेकेन्डमा भोकका कारण एकजनाको मृत्यु भइरहेको दाबी गरेका हुन् ।
उनीहरुले विश्वव्यापी भोकमरी सङ्कट अन्त्य गर्नका लागि निर्णायक अन्तर्राष्ट्रिय कदम चालिनुपर्ने माग समेत गरेका छन् । संयुक्त राष्ट्रसङ्घको साधारणसभामा सहभागी हुने क्रममा ७५ देशका २३८ संस्थाहरूले विश्व नेताहरूलाई खुलापत्र दिने तयारी समेत गरेका छन् ।