संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरट्ेसले विश्व नै सङ्कटमा रहेको भन्दै सबैलाई एकजुट हुन आह्वान गर्नुभएको छ । संयुक्त राष्ट्र महासभाको बैठकमा सम्बोधन गर्दै उहाँले कुनै पनि शक्ति वा समूह एक्लैले चुनौतीको सामना गर्न नसक्ने भएकाले एकजुट हुनुको विकल्प नभएको दोहो¥याउनुभयो ।
विश्वभर १ सय ९३ देशका नेता न्यूयोर्कमा आयोजित महासभाको बैठकमा सहभागी छन् । महासभाको एजेण्डामा यसपटक जलवायु सङ्कटदेखि शिक्षाको व्यवस्थामा परिवर्तन लगायतका विषयमा छलफल हुने अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।