Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

स्वास्थ्य सेवा

आँबुखैरेनीमा भोलीदेखि नयाँ एलिशा हेल्थ केयर पोलिक्लिनक संचालनमा आउने

आँबुखैरेनीमा भोलीदेखि नयाँ एलिशा हेल्थ केयर पोलिक्लिनक संचालनमा आउने

शुभारम्भको दिन निःशुल्क ओपिडी, फार्मेसीमा १० र अन्य सेवामा ५० प्रतिशत छुट दिइने

images

इच्छाकामना न्युज

४, आश्विन २०७९
आँबुखैरेनीमा भोलीदेखि नयाँ एलिशा हेल्थ केयर पोलिक्लिनक संचालनमा आउने
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकामा पछिल्लो समय नयाँ निजि स्वास्थ्य संस्था खुल्ने क्रम बढेको छ । यहि क्रममा बुधबार देखि अर्को एक नयाँ पोलिक्लिनिक संचालनमा आउने भएको छ।

आँबुखैरेनी चोक देखि करिब २०० मिटर अगाडी पोखरारोड साईडमा भोली देखि २४ सैं घण्टा अनुभवि जनरल फिजिशियन डाक्टरको व्यवस्था सहित एलिशा हेल्थ केयर पोलिक्लिनिक प्रा. लि. संचालनमा आउने भएको हो।

पोलिक्लिनिकको आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले रिबन काटेर शुभारम्भ गर्ने तय भएको संचालक लक्ष्मी थापा क्षेत्रीले जानकारी दिए।

nimantrana alisa copy.jpg

संचालक क्षेत्रीले दिएको जानकारी अनुसार शुभारम्भको अवसरमा समुद्घाटनको दिन भोली एकदिनको लागि सेवाग्राहीहरुलाई ओपीडि सेवा निःशुल्कका साथै फार्मेसीमा १०% र अन्य कुनैपनि सेवामा ५०% सम्म छुट दिइनेछ। साथै अन्य समयका लागि पनि स्वास्थ्य सेवामा विशेष सहुलियत दिने तयारी भैरहेको उनले बताईन्।

पोलिक्लिनिकमा २४ सैं घण्टा जनरल फिजिशियन डाक्टर ढाकाराम लामिछाने सहितको स्वास्थ्यकर्मीको समूहले स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराइनेछ भने ओपिडी, इमर्जेन्सी, ल्याव, फार्मेसी लगायतका सेवाहरु उपलब्ध हुनेछ। 

images
प्रकाशित मिति :आश्विन ४, २०७९ मंगलवार - २०:३५:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology