रुस । रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले रुसको विनाश भएको हेर्न चाहनेहरूको सपना कहिल्यै पूरा नहुने बताउनुभएको छ । उहाँले पश्चिमा मुलुकहरू रुसको विनाश भएको सपना वर्षौदेखि हेर्दै आएको र त्यसका लागि विभिन्न गतिविधि पनि गरेकोमा त्यो पूरा नहुने बताउनुभयो ।
उज्बेकिस्तानको समरकन्दमा शाङ्घाई सहयोग सङ्गठन (एससीओ) को बैठकमा सहभागि हुने क्रममा उहाँले दशकौँसम्म पश्चिमी मुलुकले सोभियत सङ्घ र ऐतिहासिक रुसलाई ध्वस्त बनाउने योजना बनाएपनि त्यो सफल नभएको उल्लेख गर्नुभयो ।
युक्रेनमा भइरहेको सैन्य अभियान पनि रुसलाई कमजोर बनाउने मनसायले सुरु गरिएको भन्दै यस्ता परिस्थितिबाट रुसलाई कुनै प्रभाव नपर्ने उहाँको भनाइ छ ।