Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

शिक्षा

शहिद लखनका २ र गण्डकी गाउँपालिकाका ३ गरि गोरखाका २७ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागी छनौट

शहिद लखनका २ र गण्डकी गाउँपालिकाका ३ गरि गोरखाका २७ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागी छनौट

इच्छाकामना न्युज

३१, भाद्र २०७९
शहिद लखनका २ र गण्डकी गाउँपालिकाका ३ गरि गोरखाका २७ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागी छनौट
images

गोरखा । गोरखाको शहिद लखन गाउँपालिकाका २ र गण्डकी गाउँपालिकाका ३ विद्यालय सहित गोरखाका २७ विद्यालय राष्ट्रपति शैक्षिक सुधार  कार्यक्रमका लागी छनौटमा परेका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि बिधालयहरु छनौट गरेको हो । कार्यक्रम अन्र्तगत गण्डकी गाउँपालिकामा रहेको शिव आधारभूत विद्यालय, तोमन डाँडा मावि, विजया भवानी मावि छनौटमा परेका छन् भने शहिद लखन गाउँपालिकाको हिमालय मावि र रामेश्वरी मावि छनौटमा परेका छन् ।

images
images

गोरखा नगरपालिकामा रहेको बालमन्दिर मावि, सरस्वती मावि, मनकामना बहिरा आवासीय मावि पनि कार्यक्रम अन्र्तगत छनोटमा परेको शिक्षा तथा मानवस्रोत विकास केन्द्रको सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

यस्तै अजिरकोट गाउँपालिकामा रहेको आधारभूत विद्यालय र प्रभा मावि, आरुघाट गाउँपालिकामा रहेको सिद्धदेवी मावि र विष्णु आधारभूत विद्यालय, भीमसेन थापा गाउँपालिकाको शान्ति मावि, जनशक्ति आधारभूत विद्यालय र प्रभात मावि, चुमनुब्री गाउँपालिकामा रहेको बुद्ध मावि, नुब्री आधारभूत विद्यालय, धार्चे गाउँपालिकाको केरौजा मावि, मन्जुश्री मावि र मणिकाम देवी मावि छनौटमा परेका छन् ।

सिरानचोक गाउँपालिकाको नामरुक देवी आधारभूत विद्यालय, सर्वोदय आधारभूत विद्यालय, पालुङ्टार नगरपालिकाको बालकल्याण मावि, अकला मावि, ओमकार योग आयुर्वेद गुरुकुल, बारपाक सुलिकोट गाउँपालिकाको माझथर मावि अन्तरज्योति मावि पनि कार्यक्रम अन्तरगत छनौटमा परेको हो ।

राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम अन्तर्गत भौतिक सुविधा विस्तार लगायतका कार्यक्रममा सहभागी हुने विद्यालयले स्थानीय तहमार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पेश गरेका थिए । सरकारले चालु आर्थिक बर्षका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ८ अर्ब ८८ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । कार्यक्रम अन्र्तगत देशभरका ३ हजार ४ सय ७५ बिधालय छनौटमा परेका छन् ।

images
प्रकाशित मिति :भाद्र ३१, २०७९ शुक्रवार - ११:०९:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology