Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

गोरखाको शहीद लखन गाउँपालिकाद्वारा सडकमा राखिएका सामाग्री हटाउन सूचना जारी

गोरखाको शहीद लखन गाउँपालिकाद्वारा सडकमा राखिएका सामाग्री हटाउन सूचना जारी

images

इच्छाकामना न्युज

३१, भाद्र २०७९
गोरखाको शहीद लखन गाउँपालिकाद्वारा सडकमा राखिएका सामाग्री हटाउन सूचना जारी
images

गोरखा । गोरखाको शहीद लखन गाउँपालिकाले पालिका भित्रका सार्वजनिक सडक तथा स्थलहरुमा आवागमन नै अबरुद्ध हुने गरी राखिएका सामाग्री हटाउन निर्देशन दिएको छ । गाउँपालिकाले बिहिबार एक सूचना निकाल सार्वजनिक सडक तथा स्थलहरुमा आवागमन नै अबरुद्ध हुनेगरी सडक खन्ने माटो थुपार्ने तथा निर्माण सामाग्री नराख्न र राखेको भए तत्काल हटाउन भनेको हो ।

गाउँपालिकाले त्यस्ता कार्यले सडक बिगार्ने वा क्षति पु¥याउने भएकाले गाउँ कार्यपालिकाको गम्भीर ध्यानकर्षण भएको जनाएको छ । गाउँपालिकाले जारी गरेको सूचनामा त्यस्ता कार्यले सडक बिग्नु मात्र नभएर सवारी तथा सर्वसाधारणलाई आवतजावतमा समेत प्रतिकल असर परि सडक दुर्घटनाको समेत जोखिम बढेको उल्लेख गरिएको छ ।

गाउँ कार्यपालिकाले बैठकले सडक खन्न तथा निर्माण सामाग्री थुपार्न निधेष गर्ने निर्णय नै गरेकाले सार्वजनिक सडक अनाबश्यक नखन्न र सडकमा निर्माण सामाग्री राखिएका भए ७ दिनभित्र हटाउन गाउँपालिकाले निर्देशन दिएको हो । त्यस्तै सार्वजनिक स्थलमा फोहोर नफाल्न समेत गाउँपालिकाले सूचना मार्फत सवैलाई अनुरोध गरेको छ ।

images
प्रकाशित मिति :भाद्र ३१, २०७९ शुक्रवार - ११:०१:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology