Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

सिरियाका लागि सहयोग गर्न राष्ट्रसङ्घका महासचिव गुटरेसको आग्रह 

सिरियाका लागि सहयोग गर्न राष्ट्रसङ्घका महासचिव गुटरेसको आग्रह 

images

एजेन्सी

३१, भाद्र २०७९
सिरियाका लागि सहयोग गर्न राष्ट्रसङ्घका महासचिव गुटरेसको आग्रह 
images

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सिरियाका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ । उहाँले सिरियाका नागरिकलाई जीविकाका लागि नै सहयोग गर्नुपर्ने भएकाले त्यसका लागि आवश्यक सहयोग रकम उपलब्ध गराउन अपील गर्नुभएको हो ।

उहाँले सिरियाली नागरिकको जीवन बचाउने योजनाका लागि संयुक्त राष्ट्रसङ्घले केही कार्यक्रमहरु बनाएको र त्यसका लागि यस वर्षमात्र कम्तीमा पनि चार करोड ४० लाख अमेरिकी डलर रकम चाहिएको बताउनुभयो ।

सन् २०२२ का लागि मात्रै एक करोड ५ लाख अमेरिकी डलर आवश्यक रहेको उहाँको भनाइ छ । लामो समयदेखिको आन्तरिक विद्रोह तथा खडेरी लगायतका कारण सिरियाको आर्थिक अवस्था निकै नाजुक रहेको र बालबालिकामा कुपोषणको समस्या देखिन थालेको भन्दै गुटरेट्सले चिन्ता व्यक्त गर्नुभएको छ । 

images
प्रकाशित मिति :भाद्र ३१, २०७९ शुक्रवार - १०:४४:११ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology