उज्बेकिस्तान । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई युक्रेन मामिलामा बेइजिङको ‘सन्तुलित अडान’का लागि धन्यवाद दिनुभएको छ । मस्कोले युक्रेनमा अतिक्रमण सुरू गरेपछि रूस र चीनका राष्ट्रपतिबीच पहिलोपटक प्रत्यक्ष रूपमा उज्बेकिस्तानको समरकन्दमा भेटवार्ता भएको हो ।
भेटका क्रममा राष्ट्रपति सीले चीनले ‘ठूला शक्तिका रूपमा’ रूससँग सहकार्य गर्न खोजेको बताउनुभयो । भेटवार्तापछि प्रतिक्रिया दिँदै उहाँले रुसलाई कुनै नयाँ सहयोगको घोषणा भने नगरेको स्पष्ट पार्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ ।