Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

औद्योगिक स्तरमा भएको उत्खननले उष्ण प्रदेशीय जङ्गल फडानी बढ्दो 

औद्योगिक स्तरमा भएको उत्खननले उष्ण प्रदेशीय जङ्गल फडानी बढ्दो 

images

एजेन्सी

२९, भाद्र २०७९
औद्योगिक स्तरमा भएको उत्खननले उष्ण प्रदेशीय जङ्गल फडानी बढ्दो 
images

कोइला, सुन तथा कच्चा फलामसहितका सामग्रीका लागि औद्योगिक स्तरमा भएको उत्खननले उष्ण प्रदेशीय जङ्गल फडानीलाई बढावा दिएको नयाँ अध्ययनले देखाएको छ । कुनै समय छिचोल्न मुस्किल पर्ने जङ्गल अहिले उत्खनन र त्यसका लागि चाहिने बाटोका लागि फडानी भएको अध्ययनमा उल्लेख छ ।

औद्योगिकस्तरको खानी उत्खननले उष्णप्रदेशीय जङ्गल फडानीमा परेको प्रभावबारे भएको पहिलो अध्ययनले ब्राजिल, इन्डोनेसिया, घाना र सुरिनाममा समस्या गम्भीर बनेको जनाएको छ । अध्ययनअनुसार उष्ण प्रदेशीय जङ्गलका धनी यी चार देश सन् २००० देखि २०१९ सम्म औद्योगिकस्तरको खानी उत्खननका कारण भएको वन विनाशका लागि करिब ८० प्रतिशत जिम्मेवार रहेका छन् ।

कुल वन फडानीमध्ये कृषिका लागि चाहिने जमिन बनाउन हुने फडानीको आँकडा कम्तीमा ७० प्रतिशत रहेको छ । तर, जलवायु परिवर्तनसँग जुध्नका लागि मुख्य आधार मानिएको स्वच्छ ऊर्जा बनाउन चाहिने खनिजका लागि औद्योगिकस्तरको उत्खनन बढ्दा वन फडानी पनि बढेको हो । यसलाई लिएर अनुसन्धानकर्ता चिन्तित भएका छन् । 

images
प्रकाशित मिति :भाद्र २९, २०७९ बुधवार - १२:१६:३५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology