Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

राजनिति

पूर्वमन्त्री विक्रम पाण्डे चितवन क्षेत्र नं. ३ बाट सर्वसम्मत सिफारिस

पूर्वमन्त्री विक्रम पाण्डे चितवन क्षेत्र नं. ३ बाट सर्वसम्मत सिफारिस

images

इच्छाकामना न्युज

२८, भाद्र २०७९
पूर्वमन्त्री विक्रम पाण्डे चितवन क्षेत्र नं. ३ बाट सर्वसम्मत सिफारिस
images

चितवन । पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार सिफारिस भएका छन्। राप्रपा चितवनले पूर्वमन्त्री पाण्डेलाई क्षेत्र नम्बर ३ बाट सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालले पूर्वमन्त्री पाण्डेलाई यसपटक पुनः क्षेत्र नम्बर ३ बाट जिताउने गरी अभियान सुरु भएको बताए । यस्तै प्रदेशतर्फ ३ (क) मा गिरिबहादुर तामाङ ज्ञानजंग, ३ (ख) मा प्रदेश सांसद तथा राप्रपाका केन्द्रीय सहमहामन्त्री रिना गुरुङको नाम सिफारिस भएको जानकारी दिए।

ढकालका अनुसार क्षेत्र नम्बर ३ राप्रपाको बलियो जनआधार भएको क्षेत्र हो । राप्रपा चितवनका प्रवक्ता राजु भण्डारीले तत्कालिन क्षेत्र नम्बर ५ मा पूर्वमन्त्रीले गरेका कामले चुनाव जित्न सहज रहेको दाबी गरे। २०७० मा दोस्रो संविधानसभा चुनावमा गठबन्धन नहुँदा पाण्डेले एमाले, कांग्रेस, माओवादी उम्मेदवारलाई पराजित गर्दै संविधानसभा सदस्य बनेका थिए । संविधानसभा सदस्य हुँदा माडीमा पक्की मोटरेबल पुलको योजना स्वीकृत गरेर ठेक्का लागेका थिए ।

२०७३ मा भूमिसुधार मन्त्री हुँदा माडी, चनौली र खैरहनीमा नापी तथा मालपोत कार्यालय र माडीमा इलाका प्रशासन कार्यालय स्थापना भएका थिए । २०७४ मा चितवन राष्ट्रिय निकुञ्जहुदै माडी जाने–आउने सुविधाप्राप्त बाटोमा उनकै पहलमा प्रवेश शुल्क निःशुल्क भएको थियो । उनको कार्याकालमा माडी चक्रपथ, रिउ करिडोर जस्ता दीर्घकालिन महत्वका योजनाहरु अगाडी बढेको भण्डारीले बताए । भरतपुर–२७ मेघौलीमा बेतरी खोलामा पुल, नारायणी तटबन्धन, रिउ तटबन्धन, मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि मेसजाली राख्ने लगायतका कामहरु भएका थिए । २०७४ मा गठबन्धनका कारण विजयी हुन नसकेका पाण्डे यसपाली जित्ने रणनीतिमा छन् ।

जनतासँग सजिलै घुलमिल हुने र सहज पहुँच भएका नेताको छवि बनाएका पाण्डेले वर्षौँदेखि माडी, मेघौली, जगतपुर लगायतका हालको ३ नम्बर क्षेत्रलाई आधार बनाउँदै समाजिक कामहरु समेत गर्दै आइरहेका छन्। राप्रपा नवलपुरले नवलपुर १ बाट पनि पाण्डेलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाउन सिफारिस गरेको छ ।

 
 

images
प्रकाशित मिति :भाद्र २८, २०७९ मंगलवार - १९:३५:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology