Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सङ्घ र प्रदेशको निर्वाचनमा युवा पुस्ताको आकर्षण बढ्दै 

सङ्घ र प्रदेशको निर्वाचनमा युवा पुस्ताको आकर्षण बढ्दै 

images

इच्छाकामना न्युज

२८, भाद्र २०७९
सङ्घ र प्रदेशको निर्वाचनमा युवा पुस्ताको आकर्षण बढ्दै 
images

पवित्रा पराजुली, नवलपरासी । आगामी मङ्सिर ४ मा सङ्घ र प्रदेशको निवार्चन हुने भएपछि युवा पुस्तामा भने नेतृत्वमा पुग्ने र पु¥याउने बारेमा बहस सुरु भएको छ । चुनाव केन्द्रीत चहलपहल केन्द्र, प्रदेशदेखि गाउँस्तरमै बढेको छ । तर आगामी निर्वाचनका लागि युवा पुस्ताले स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने र त्यसैअनुसारको प्रचारप्रसारमा लाग्ने अभ्यास जिल्लास्तरमा पनि भइरहेको छ ।

युवाको समस्या पहिचान गर्नसक्ने र देशमा रोजगारीका अवसर सिर्जना गर्नसक्ने उम्मेदवार अब आउनुपर्ने चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ६ का प्रभात पौडेलले बताउनुभयो ।

स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएकाले जित हासिल गरेपछि अहिले पनि युवामा भरोसा खोज्ने बढेका छन् । युवाको सिप र आवश्यकता अनुसार उनीहरूलाई परिचालन गर्न सक्ने योजना भएको उमेदवारलाई भोट हाल्ने हुप्सेकोट गाउँपालिकावडा नम्बर ३ का पार्वती पाण्डेले बताउनुभयो  ।

४० वर्ष उम्मेर समूहकालाई युवा मान्ने अभ्यास अहिले नेपालमा छ । तर त्रिभुवन विश्व विद्यालयका एकजना उपप्राध्यापक वाइपी आचार्य युवा नेतृत्व उमेरभन्दा पनि एजेन्डामा खोज्नुपर्ने बताउँनुहुन्छ ।पुरानै पुस्ताका व्यक्ति सत्ता र शासनमा दोहरिँदै आएका कारण मतदाताहरूमा नयाँ व्यक्तिप्रतिको आशा भरोसा बढेको देखिन्छ । 

images
प्रकाशित मिति :भाद्र २८, २०७९ मंगलवार - ०९:११:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology