अमेरिका । विश्वभर ५ करोड मानिस ‘आधुनिक दासत्व’मा फसेको राष्ट्र सङ्घले जनाएको छ । महामारी, सशस्त्र द्वन्द्व र जलवायु परिवर्तनले जबरजस्ती श्रम वा जबरजस्ती विवाह र अन्य सङ्कटमा फसेका मानिसको सङ्ख्या हालैका वर्षहरूमा बढेको प्रतिवेदन सार्वजनिक भएको हो ।
श्रम र आप्रवासनका लागि संयुक्त राष्ट्रसङ्घीय निकायले गरेको अध्ययनले गत वर्षको अन्त्यमा आधाभन्दा बढीलाई इच्छा विपरीत काम गर्न बाध्य पारेको र बाँकीलाई विवाह गर्न बाध्य पारिएको उल्लेख गर्दै विश्वमा हरेक १ सय ५० जनामध्ये एक जना आधुनिक दासत्वमा फसेको प्रतिवेदनमा जनाइएको छ ।
संयुक्त राष्ट्र सङ्घले सन् २०३० सम्ममा सबै प्रकारका आधुनिक दासत्व उन्मूलन गर्ने लक्ष्य राखेको थियो, तर सन् २०१६ र २०२१ को बीचमा जबरजस्ती श्रम वा जबरजस्ती विवाहमा परेका व्यक्तिको सङ्ख्या १० करोडले बढेको नयाँ प्रतिवेदनले देखाएको छ ।