चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा आज अटोरिक्सा र मोटरसाइकल आपसमा ठोक्किदा एक जनाको ज्यान गएको छ। अन्य सात जना घाइते भएका छन्। सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ सिमलतालमा मुग्लिनबाट नारायणगढतर्फ गइरहेको ना ५० प ४५५० नम्वरको मोटरसाइकल र नारायणगढबाट मुग्लिनतर्फ आइरहेको प्रदेश ३–०३००१ ह ४४७ नम्वरको अटोरिक्सा एक आपसमा ठेक्किर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार तनहुँको घिरिङ गाँउपालिका–४ का ३५ बर्षिय जित बहादुर रानाको ज्यन गएको छ।
घाइते रानाको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक देवराज शर्माले जानकारी दिनुभयो। मोटरसाइकल चालक सोही ठाँउका बेल बहादुर रानाको चितवन मेडिकल कलेजमा उपचार भइरहेका छ।
त्यस्तै अटो चालकसहित सवार अन्य छ जना पनि घाइते भएको शर्माले बताउनुभयो। उनिहरु सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।घाइतेहरुको अवस्था सामान्य रहेको छ।