Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

मनकामना क्षेत्र विकास समिति

मनकामना क्षेत्र विकास समितिको अध्यक्षमा रामकुमार जोशी र कार्यकारी निर्देशकमा लेविन्द्र गुरुङलाई पुर्नबहाली गर्न सर्वोच्चको आदेश

मनकामना क्षेत्र विकास समितिको अध्यक्षमा रामकुमार जोशी र कार्यकारी निर्देशकमा लेविन्द्र गुरुङलाई पुर्नबहाली गर्न सर्वोच्चको आदेश

images

इच्छाकामना न्युज

२७, भाद्र २०७९
मनकामना क्षेत्र विकास समितिको अध्यक्षमा रामकुमार जोशी र कार्यकारी निर्देशकमा लेविन्द्र गुरुङलाई पुर्नबहाली गर्न सर्वोच्चको आदेश
images

मनकामना । गोरखाको पवित्र धार्मिक स्थल मनकामना माईको मन्दिर संरक्षणको लागि स्थापित संस्था मनकामना क्षेत्र विकास समितिको अध्यक्षमा पूरानै समितिलाई निरन्तरता दिन सर्वोच्च अदालतले आदेश दिएको छ । अदालतको आदेशसँगै समितिको अध्यक्षमा रामकुमार जोशी र कार्यकारी निर्देशकमा लेविन्द्र गुरुङको पुर्नबहाली भएको छ । 

सरकार परिवर्तन भएसँगै गत चैत २५ गते मन्त्रिपरिषद्को बैठकले मनकामना क्षेत्र विकास समितिको अध्यक्ष र कार्यकारी निर्देशक परिवर्तन गरिदिएको थियो। जसका विरुद्ध समितिका तात्कालिन अध्यक्ष जोशी र कार्यकारी निर्देशक गुरुङ अदालत गएका थिए।

अदालतको फैसला आएपछि छोटो प्रतिक्रिया दिदै कार्यकारी निर्देशक लेविन्द्र गुरुङले अदालतले आफुहरुलाई न्याय दिएको बताए। समितिको कार्यकाल अझै करिब डेढ वर्ष बाँकी नै छ । 

images
प्रकाशित मिति :भाद्र २७, २०७९ सोमवार - २०:१७:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology