आँबुखैरेनी । सवारी ज्यान मुद्दामा ६ वर्षदेखि फरार तनहुँको आँबुखैरेनी गाउँपालिका ४ का बिर्खमान गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। प्रतिवादी गुरुङलाई शनिबार प्रहरीले आँबुखैरेनी गाउँपालिका २ स्थित नारीघाटबाट पक्राउ गरेको हो।
पक्राउ परेका प्रतिवादी गुरुङलाई आईतबार अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धानका लागि हिरासतमा लिएको छ ।
२०७३ मंसिर १८ गते दिउसो दिउसो करिब ३ः३० बजे साबिक तनहुँ घासीकुँवा २ हालको व्यास १२ देउरालीमा प्रतिवादी बिर्खमान गुरुङले चलाएको बा ६३ प २८१५ नं. को मोटरसाइकल र ग ५ प ९६१७ नं. को मोटरसाइकल एकापसमा ठक्कर खादा लेखनाथ नगरपालिका वडा नं. ३ बस्ने बर्ष ३३ को बिमल बहादुर सार्की गम्भिर घाईते भएका थिए।
गम्भिर घाईते सार्कीको उपचारको क्रममा मृत्यु भएपछि फरार भएका गुरुङलाई ६ वर्षपछि प्रहरीले पक्राउ गरेको हो।