Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

बेलायतका महारानी एलिजाबेथ द्वितीयको अन्तिम संस्कार अर्को साता गरिने 

बेलायतका महारानी एलिजाबेथ द्वितीयको अन्तिम संस्कार अर्को साता गरिने 

images

एजेन्सी

२७, भाद्र २०७९
बेलायतका महारानी एलिजाबेथ द्वितीयको अन्तिम संस्कार अर्को साता गरिने 
images

बेलायत । बेलायतका महारानी एलिजाबेथ द्वितीयको अन्तिम संस्कार अर्को साता गरिने भएको छ । गत बिहीवार ९६ वर्ष उमेरमा निधन भएका एलिजावेथको आगामी सोमवार अर्थात सेप्टेम्बर १९ मा अन्तिम संस्कार गरिने बताइएको छ ।

महारानी एलिजाबेथको अन्तिम यात्रा हिजोबाटै सुरु भइसकेको छ । स्कटल्याण्डको बालमोरल गेमकिपर अर्थात् उहाँका कर्मचारीहरू सवार रथ महारानीको पार्थिव शरीर लिएर एडिनबरास्थित प्यालेस अफ होलीरूडहाउस पुग्नेछन् । त्यसपछि उहाँको पार्थिव शरीर आज दिउँसो एडिनबराको सेनट गिल्स क्याथेड्रल लगिनेछ । जहाँ महारानीको पार्थिव शरीर २४ घन्टाका लागि राखिनेछ । र सर्वसाधारणले उहाँलाई श्रद्धाञ्जली दिन सक्नेछन् ।

भोलि मात्रै महारानी एलिजाबेथ द्वितीयको पार्थिव शरीर लण्डन ल्याइनेछ । बुधवार दिउँसो मात्रै महारानी एलिजाबेथ द्वितीयको पार्थिव शरीर वेस्टमिन्स्टर हल लगिनेछ । त्यसपछि वेस्टमिनिस्टर एबीमा १९ सेप्टेम्बरका दिन स्थानीय समय अनुसार बिहान ११ बजेअन्त्येष्ठि समारोहको आयोजना गरिनेछ । राजकीय सम्मानका साथ हुने अन्त्येष्ठि दुई साता लामो हुने बताइएको छ ।

images
प्रकाशित मिति :भाद्र २७, २०७९ सोमवार - ०९:१४:५९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology